जापान र भारतले रेअर अर्थ मेटेरियल्सको खोजी र उत्खननका लागि सहकार्य गर्ने « Khabarhub

जापान र भारतले रेअर अर्थ मेटेरियल्सको खोजी र उत्खननका लागि सहकार्य गर्ने


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापान र भारतले राजस्थानका मरुभूमिमा रहेका रेअर अर्थ मेटेरियल्स भनिने दुर्लभ खनिज पदार्थको खोजी र उत्खननका लागि सहकार्य गर्ने तयारी गरेका छन् । विद्युतीय उपकरणमा चुम्बक निर्माणका लागि महत्त्वपूर्ण मानिने यी खनिज पदार्थमा चीनमाथिको परनिर्भरता घटाउन जापानले भारतसँग सहकार्य गर्न लागेको हो ।

हालै भारतका खानी मन्त्री जी. किशन रेड्डीले राजस्थान र गुजरातमा करिब १२.९ लाख मेट्रिक टन दुर्लभ खनिजको भण्डार फेला परेको जानकारी दिएका थिए । रोयटर्सका अनुसार, गत वर्ष यी दुई देशबीच भएको महत्त्वपूर्ण खनिज सम्बन्धी प्रारम्भिक सम्झौताका आधारमा जापानले राजस्थानका निक्षेपहरूमा चासो देखाएको हो ।

जापानले खनिज उत्खननका लागि आवश्यक आधुनिक प्रविधि र लगानी उपलब्ध गराउने योजना बनाएको छ, जसको बदलामा उसले ती खनिजहरूको स्थिर आपूर्तिको सुनिश्चितता खोजेको छ । भारतमा फेला परेका ‘हार्ड रक’ भण्डारबाट खनिज निकाल्न हाल भारतसँग पर्याप्त प्रविधि नभएकाले जापानी प्रविधि निकै सहयोगी हुने अपेक्षा गरिएको छ ।

दुर्लभ खनिजहरू विद्युतीय सवारी साधन, वायु ऊर्जा टर्बाइन, लडाकु विमान र ड्रोन जस्ता उच्च प्रविधियुक्त उपकरणका लागि निक्कै आवश्यक मानिन्छन्। भारत र जापान दुवै देश औद्योगिक स्तरमा यी खनिजहरूको प्रशोधन क्षमता विकास गरेर चिनियाँ आयातलाई प्रतिस्थापन गर्न चाहन्छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : १३ बजे

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल