नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी « Khabarhub

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा आएको पाइएको छ ।

चलचित्र विकास बोर्डकाअनुसार यो वर्ष ५६ नेपाली र ९३ वटा विदेशी फिल्म प्रदर्शनमा आएका हुन् । अर्थात्, २३ वटा बढी विदेशी फिल्म प्रदर्शनमा रहे ।

यो वर्ष ९४ वटा नेपाली फिल्मको सेन्सर गरिएको थियो । २३० वटा फिल्मले निर्माण इजाजत लिएका छन् ।

सर्वाधिक व्यापार गर्ने विदेशी फिल्म

नेपाली हलमा बढी भारतीय र हलिउड फिल्म प्रदर्शनमा आएको पाइन्छ । विदेशी फिल्महरू मध्येमा नेपाली बक्स अफिसमा भारतीय फिल्मको दबदबा रहेको भेटिएको छ ।

यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने भारतीय फिल्म ‘धुरन्धर २’ हो । प्रदर्शनरत यस फिल्मको व्यापार १२ करोडमाथि छ ।
यसको पहिलो भाग ‘धुरन्धर’ले १० करोड १५ लाखकाे व्यापार गरेको पाइन्छ ।

अर्को १० करोड ग्रस कलेक्सन कटाउने फिलम ‘सैयारा’ हो । यसले १० करोड ५० लाख ग्रस कलेक्सन गरेको छ ।
१० करोड ग्रस कलेक्सन कटाउने फिल्महरू यी तीन मात्र हुन् ।

भारतीय फिल्मले सहज १० करोड व्यापार गरेको भने पाइदैन । सबैभन्दा बढी व्यापार गर्ने हलिउड फिल्म भने ‘अवतार : फायर एन्ड ऐश’ हो । यसकाले ६ करोड ६८ लाख ग्रस कलेक्सन गरेको छ ।

विदेशी फिल्म हाबी

यो वर्ष नेपाली चलचित्रहरूको कुल व्यापार १ अर्ब ८ करोड पुगेको बोर्डले जानकारी दिएको छ । यति व्यापारका लागि ३७ लाख ८१ हजार ५४४ वटा टिकट बिक्री भएको छ ।

तर, विदेशी फिल्म हेर्न ३३ लाख २२ हजार ७५७ वटा टिकट बिक्री भएको छ । बोर्डका अनुसार विदेशी फिल्म भन्दा स्वदेशी फिल्म हेर्न चार लाख ५८ हजार ७८७ वटा टिकट बढी बिक्री भएको छ ।

तर, कुल व्यापार भने विदेशी फिल्मकै छ । विदेशी फिल्मको कुल व्यापार १ अर्ब ११ करोड ५२ लाख छ । यो नेपाली फिल्मको कुल व्यापारभन्दा तीन करोड १४ लाखले बढी हो ।

अर्थात्, स्वदेशी फिल्मको टिकट बढी बिक्री भए पनि विदेशी फिल्मको व्यापार बढी भएको पाइन्छ । यो टिकटदर हेरफेर हुने नियमित प्रक्रियाले हो ।

साताको मध्यमा टिकटदर कम हुने भएकाले यस्तो भएको हो । तर, नेपाली बजारमा विदेशी फिल्मको वर्चश्व देखाउन यही तथ्याङ्क काफी छ ।

नेपाली फिल्मको अवस्था

एक नेपाली फिल्म औषतमा दुई करोडमा बन्ने गरेको पाइन्छ । ५३ वटा फिल्म १ अर्ब १२ करोड लगानीमा हलसम्म आइपुगेका हुन् ।

तर, कुल व्यापार १ अर्ब ८ करोड मात्रै छ । लगानी भन्दा चार करोड कम व्यापार भएको पाइन्छ । अझ अवस्था अनुसार व्यापारको ३०–४० प्रतिशत मात्रै निर्माताको भागमा आउँछ । विकास बोर्डको तथ्याङ्कले ठूलाे घाटामा नेपाली फिल्म क्षेत्र चलिरहको देखाउँछ ।

यति हुँदाहुँदै पनि नेपाली फिल्मलाई ग्रस कलेक्सनमा विदेशी फिल्मले जित्न भने पाएका छैनन् । अर्थात्, केही फिल्महरूले दर्शकबाट राम्रै साथ पाएका छन् ।

दीपक आचार्य ‘काकु’ द्वारा निर्देशित फिल्म ‘परान’ यो वर्ष सबैभन्दा बढी व्यापार गर्नेको सूचीमा छ । यसको व्यापार १७ करोड ७७ लाख छ ।

दोस्रो ‘आबाट आमा’ हो । यसले १३ करोड १३ लाख ग्रस कलेक्सन गरेको छ ।

तेस्रो ‘जेरी अन टप’, चौथो ‘ऊनको स्वीटर’ र पाँचौ ‘जारी २’ हो । यिनीहरूको व्यापार क्रमश: १२ करोड २८ लाख, ११ करोड ४१ लाख र ६ करोड २४ लाख छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : २३ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने