पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित « Khabarhub

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘सभ्यता नै नामेट पारिदिने’ धम्की दिएको केही घण्टाभित्रै विकसित यो घटनाक्रमले तत्कालका लागि विश्व युद्धको भय टारेको छ ।

इरानी सर्वोच्च नेता मोजतबा खामेनेईको अनुमतिपछि इरान युद्धविरामका लागि तयार भएको हो । इरानले यस सहमतिलाई आफ्नो ‘रणनीतिक जित’ का रूपमा व्याख्या गरेको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानमाथिका आक्रमण रोकिए आफूहरू पनि लडाइँ रोक्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनिरको विशेष अपिलपछि आफूले आक्रमणको निर्णय थाती राखेको खुलासा गरेका छन् । उनले लेखेका छन्, “पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुखको आग्रहलाई सम्मान गर्दै म इरानमाथि दुई साताका लागि हमला रोक्न सहमत भएको छु ।”

सहमतिअनुसार इरानले विश्वको महत्त्वपूर्ण व्यापारिक मार्ग ‘होर्मुज’ बाट व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा आउजाउ गर्न दिनुपर्नेछ । यसअघि ट्रम्पले तोकिएको समयसीमाभित्र सहमति नभए इरानी सभ्यता नै कहिल्यै नफर्किने गरी समाप्त पारिदिने चेतावनी दिएका थिए ।

यसैबीच, इरान र अमेरिकाले युद्धविरामको घोषणा गरे पनि केही क्षेत्रमा तनाव कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : ५३ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त