यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो « Khabarhub

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्समाथि २७ रनको शानदार जित दर्ता गरेको छ ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रनको विशाल योगफल तयार पारेको थियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार ब्याटिङ गरे । ‘प्लेयर अफ द म्याच’ बनेका जैसवालले ३२ बलमा ७७ रनको अविजित इनिङ खेले । अर्का ओपनर सूर्यवंशीले मात्र १४ बलको सामना गर्दा पाँच छक्कासहित ३९ रन बनाए ।

१५१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र जोड्न सक्यो । राजस्थानका बलरले कसिलो बलिङ गर्दा मुम्बईका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । मुम्बईका कप्तान हार्दिक पाण्डेया र ओपनर रोहित शर्मालेसमेत दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यो जितसँगै राजस्थान रोयल्स लगातार तीन जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा एउटा मात्र जित निकालेको मुम्बई इन्डियन्स सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : ०० बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्