अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव « Khabarhub

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता हुने भएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार उक्त वार्ता तेहरानले अघि सारेको १० बुँदे प्रस्तावमा आधारित हुनेछ ।

इरानले अघि सारेको प्रस्तावमा होर्मुजमा आफ्नो नियन्त्रण कायम रहने र इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनुपर्ने मुख्य माग छन् । दुई साताको युद्धविराममा सहमति भएलगत्तै दुवै पक्ष शुक्रबार वार्ताको टेबुलमा बस्न तयार भएका हुन् ।

बुधबार जारी विज्ञप्तिअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पावर प्लान्ट र पुलमा बमबारी गर्ने आफ्नो धम्की फिर्ता लिँदै दुई साताका लागि आक्रमण स्थगित गर्न सहमति जनाएका छन् । ट्रम्पले विश्वको कुल तेल आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने ‘होर्मुज’ लाई पूर्ण र सुरक्षित रूपमा खुला गर्ने सर्तमा मात्र यो युद्धविराम लागू हुने स्पष्ट पारेका छन् ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणको बदलास्वरूप इरानले उक्त जलमार्गमा आंशिक नाकाबन्दी लगाएको थियो । जसका कारण विश्व बजारमा इन्धनको अभाव हुनुका साथै तेलको मूल्यमा भारी वृद्धि भएको थियो । इरानको उक्त कदमपछि लेबनानको हिजबुल्लाह र येमेनको हुथी विद्रोहीसमेत इजरायलविरुद्धको युद्धमा होमिएका थिए, जसले क्षेत्रीय द्वन्द्वलाई थप चर्काएको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानको १० बुँदे प्रस्ताव वार्ताका लागि ‘व्यवहारिक आधार’ भएको उल्लेख गरेका छन् । उनले धेरैजसो विवादास्पद बुँदामा सहमति नजिक पुगिएको र आगामी दुई साताभित्र सम्झौतालाई अन्तिम रूप दिइने विश्वास व्यक्त गरेका छन् ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले राष्ट्रिय सुरक्षा परिषद्को तर्फबाट बोल्दै इरान तत्कालका लागि लडाइँ रोक्न र कूटनीतिक संवादमा सहभागी हुन तयार रहेको बताएको अलजजिराले लेखेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : २३ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड