युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा « Khabarhub

युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा

'शासकको मौनता लाजमर्दो'


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विकसित युद्ध उन्मादमा अस्थायी विराम लागेको भन्दै खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले हालको युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

सूचना र प्रविधिको युगमा पनि कुनै सभ्यतालाई ‘ढुङ्गे युग’ मा फर्काउने धम्की दिइनु मानव सभ्यतामाथिकै व्यङ्ग्य भएको उनको टिप्पणी छ। यस्तो संवेदनशील घडीमा कतिपय विश्व शासक मौन बस्नु लाजमर्दो भएको भन्दै उहाँले मानवता निरिह बनेको स्थिति पीडाजनक रहेको उल्लेख गरेका छन्।

महासचिव पोखरेलले युद्धको कठिन समयमा आफ्नो देशको पक्षमा निर्भयतापूर्वक उभिने इरानी जनता र आफ्नै शासकका गलत नीतिको विरोध गर्ने अमेरिकी जनताले भविष्यप्रति आशा जगाएको उल्लेख गरेका छन्। “आफ्नै शासकको कमजोरी र गलत नीतिविरुद्ध आवाज उठाउने अमेरिकी जनताले पनि भविष्यप्रतिको आशा जगाएकै छन्,” उनले लेखेका छन्।

अस्थायी युद्धविरामका लागि पहल गर्ने सबै पक्ष र विशेषगरी मध्यस्थतामा सक्रिय भूमिका खेलेको पाकिस्तानी नेतृत्वप्रति उनले सम्मान व्यक्त गरेका छन्। विश्व अर्थतन्त्रलाई नै प्रभावित पारेको यस युद्धले प्रभुत्व कायम गर्न खोज्नेलाई पनि पछि हट्न विवश बनाएको उनको भनाइ छ ।

महासचिव पोखरेलले हिंसालाई मानवताको शत्रु भन्दै सबैलाई सामाजिक सञ्जालमार्फत शान्ति, संवाद र सहअस्तित्वको पक्षमा सशक्त आवाज उठाउन अपिल गरेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : २९ बजे

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९

पर्यटकको रोजाइमा इलामको तीनकुने पोखरी

इलाम– इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय