इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’ « Khabarhub

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम सम्झौताको कडा आलोचना गरेका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धका उद्देश्य हासिल गर्न नसकेको आरोप लगाएका छन्।

लापिडले ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘हाम्रो सम्पूर्ण इतिहासमा यस्तो राजनीतिक विपत्ति कहिल्यै देखिएको छैन। राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हुँदा इजरायल वार्ताको टेबल नजिकसमेत थिएन।’

उनले सेनाले धेरै काम गरेकाले जनताले धैर्यता देखाउँदा पनि नेतृत्व चुकेको बताए । ‘सेनाले आफूलाई दिइएको सबै काम पूरा गर्‍यो । जनताले उल्लेखनीय धैर्य देखाए, तर नेतन्याहुले राजनीतिक र रणनीतिक रूपमा असफलता व्यहोरे । आफूले तय गरेका कुनै पनि लक्ष्य हासिल गर्न सकेनन्।’

नेतन्याहुले युद्धको मुख्य लक्ष्यका रूपमा इरानको परमाणु कार्यक्रमलाई समाप्त गर्ने वा कम्तीमा पनि गम्भीर रूपमा कमजोर बनाउने बताएका थिए, जसलाई उनले इजरायलका लागि ‘अस्तित्वको खतरा’ बताएका थिए।

यसका साथै उनले इरानको ब्यालिस्टिक मिसाइल क्षमता निष्क्रिय पार्ने, इरानी शासनलाई कमजोर बनाउने वा हटाउने र क्षेत्रीय प्रभाव घटाउने लक्ष्य पनि अघि सारेका थिए।

लापिडले भने, ‘अहंकार, लापरवाही र रणनीतिक योजनाको अभावका कारण नेतन्याहुले पुर्‍याएको राजनीतिक र रणनीतिक क्षति सुधार गर्न हामीलाई वर्षौं लाग्नेछ।’

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ४९ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक