सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस् « Khabarhub

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले गर्व र अपनत्व महसुस गर्नेगरि काम गर्न सरकारलाई सुझाव दिएकी छन्।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले जनताले ठूलो विश्वास देखाएर रास्वपालाई मत दिएको उल्लेख गर्दै, नागरिकले ‘सरकार हाम्रो हो’ भनी गर्वका साथ भन्न सक्ने वातावरण बनाउनुपर्ने बताइन्।

उनले हाल नेपालको राजनीतिक अवस्था अस्थिर भएको भए पनि, भागबन्डा नभई स्पष्ट परिणाम दिने काममा जोड दिनुपर्नेमा जोड दिइन्। विपद्का बेला पनि राज्यले नागरिकसँग दूरी राख्ने नभई हात थाम्ने सहारा बन्नुपर्ने उनको भनाइ थियो।

सांसद अधिकारीले उद्यमशीलता प्रवर्द्धन गर्ने, सुरक्षित र आशावादी वातावरण सुनिश्चित गर्ने र सरकारी सेवाबाट हरेक नागरिकले निराशा नभई सन्तुष्टि र आत्मसम्मान अनुभव गर्ने व्यवस्था हुनुपर्ने बताए।

त्यसैगरी, उनले जेन-जी आन्दोलनको मर्मअनुसार नयाँ सोच, नयाँ ऊर्जा र उत्तरदायी नेतृत्वमार्फत देशलाई सही दिशामा लैजानुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : ५३ बजे

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

गण्डकी– पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण

कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते

वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा