विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा « Khabarhub

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । 

प्रतियोगिता आयोजक विराट गोल्ड कप ट्रष्टले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरस्थित शहिद मैदानमा आयोजना हुने विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता आगामी चैत्र २८ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप भन्ने नारासहित आयोजना हुन लागेको यस प्रतियोगिता रात्रिकालीन रूपमा खेलाइनेछ । 

प्रतियोगितामा विभागीय टोलीहरू-नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन टिमसहित नेपालका ७ तथा भारतको १ गरी कुल ८ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा विराट गोल्ड कप ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले सबै तयारी पूरा भइसकेको बताउँदै प्रतियोगिता सफल बनाउन सम्पूर्ण पक्षसँग सहयोगको अपेक्षा गरिएको बताए।  

उनका अनुसार प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ ।

यस वर्षको प्रतियोगिताका लागि करिब १ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : ४८ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले