विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा « Khabarhub

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । 

प्रतियोगिता आयोजक विराट गोल्ड कप ट्रष्टले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरस्थित शहिद मैदानमा आयोजना हुने विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता आगामी चैत्र २८ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप भन्ने नारासहित आयोजना हुन लागेको यस प्रतियोगिता रात्रिकालीन रूपमा खेलाइनेछ । 

प्रतियोगितामा विभागीय टोलीहरू-नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन टिमसहित नेपालका ७ तथा भारतको १ गरी कुल ८ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा विराट गोल्ड कप ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले सबै तयारी पूरा भइसकेको बताउँदै प्रतियोगिता सफल बनाउन सम्पूर्ण पक्षसँग सहयोगको अपेक्षा गरिएको बताए।  

उनका अनुसार प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ ।

यस वर्षको प्रतियोगिताका लागि करिब १ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : ४८ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित