‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए « Khabarhub

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज प्यानल र कलाकारमा केही परिवर्तन भएको छ ।

निर्देशक र शोका होस्ट समेत रहेका अग्रवालका अनुसार शो थप आकर्षक र रोमाञ्जक बनाउन केही परिवर्तन गरिएको हो । सिजन २ का जजहरू मनोज गजुरेल र गौरी मल्लले निरन्तरता पाएका छन् ।

जज प्यानलमा नायिका दिया मास्केको प्रवेश भएको छ । उनी ‘रानी’ बनेर शोमा प्रवेश गर्ने भएकी हुन् ।

त्यस्तै, कलाकारहरूमा सिजन २ का उत्सव सापकोटा र हिमेश पन्त बाहिरिएका छन् । तर, तीन जना कलाकारको प्रवेश भएको छ ।

यही प्रकृतिको शो कमेडी नाइट्स विथ च्याम्पियनका कलाकार सन्तोष थापा दरबारमा आएका छन् । त्यस्तै, युवा पुस्तामाझ चर्चित स्ट्यान्डप कमेडियन सुजन जिम्बाको पनि प्रवेश भएको छ । कलाकार दिनेश काफ्लेलाई पनि दरबारले लिएको छ ।

सिजन २ का अन्य कलाकारहरूले निरन्तरता पाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : ०४ बजे

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार