लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए « Khabarhub

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन। पूर्वी लेबनानमा अन्त्येष्टि क्रममा इजरायली आक्रमण हुँदा १० जना मारिएका छन् ।

इजरायलले पूर्वी लेबनानको बेका उपत्यकास्थित स्हेस्टार गाउँमा रहेको चिहानस्थलमा हवाई आक्रमण गरेको छ।

उक्त आक्रमण अन्त्येष्टि कार्यक्रममा सहभागी भएकामाथि भएको बताइएको छ, जसमा कम्तीमा १० जनाको ज्यान गएको छ भने थप चार जना घाइते भएका छन्।

बुधबार मात्रै इजरायलले अन्तिम संस्कारमा सहभागी मलामीहरूमाथि आक्रमण गर्दा कम्तीमा १० जना मारिएका छन् ।

समाचार एजेन्सीका अनुसार दक्षिणी लेबनानको तटीय सहर अद्लोयुनमामा गरेको हवाई आक्रमणमा कम्तीमा तीन बालिकाको ज्यान गएको छ।

यो आक्रमण देशभरि एकैपटक गरिएका दर्जनौँ हमलामध्ये एक थियो, जसमा सयौँ मानिस मारिएका र घाइते भएका छन्।

मंगलबार राति युद्धविराम घोषणा भएपछि मानिसहरू यसपटक शान्ति कायम हुने र लेबनान पनि त्यसमा समेटिने आशामा थिए।

तर बिहानै इजरायली सेनाले जारी गरेको चेतावनीपछि लेबनान उक्त युद्धविराममा समावेश नभएको स्पष्ट भयो।

इजरायली सेनाले देशव्यापी ठूलो आक्रमण अघि विभिन्न चेतावनी जारी गरेको थियो। तीमध्ये अल अब्बासियस क्षेत्र पनि निशानामा परेको थियो।

त्यसैगरी, ट्यर्रे सहरको बाहिरी क्षेत्रमा पनि आक्रमण गरिएको छ। भूमध्यसागरमा फैलिएको सानो प्रायद्वीपमा रहेको सहरको केन्द्रमै दुई वटा क्षेप्यास्त्र खसेका थिए।

युद्धविराम घोषणापछि दक्षिणी लेबनान फर्किन खोजिरहेका मानिसहरू राति उत्तरबाट दक्षिणतर्फ गइरहेका थिए। तर अहिले यहाँका बासिन्दाहरूलाई युद्धविराम लागू नभएको स्पष्ट भइसकेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : १२ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत