अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ « Khabarhub

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका विवरण हेरफेर गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ६ जनालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ पर्नेमा दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास छन्।

उनीहरूलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो।

उनीहरूले सार्वजनिक खरिद अनुमगन कार्यालयको ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम ह्याक गरेको आरोप छ। ह्याक गरी ठेक्काका आर्थिक प्रस्ताव खोल्नु अगाडि नै आर्थिक प्रस्तावको कागजातहरू हेरफेर गरेको आरोप छ।

यसरी आपराधिक कृयाकलाप भइरहेको भन्ने उजुरी साइबर ब्युरोमा परेको थियो।

त्यसपछि सिआइबी र साइबर ब्युरोको टोलीले संयुक्त अनुसन्धान गरी ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका ६ जनामाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान अघि बढेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : ०५ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय