अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ « Khabarhub

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका विवरण हेरफेर गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ६ जनालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ पर्नेमा दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास छन्।

उनीहरूलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो।

उनीहरूले सार्वजनिक खरिद अनुमगन कार्यालयको ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम ह्याक गरेको आरोप छ। ह्याक गरी ठेक्काका आर्थिक प्रस्ताव खोल्नु अगाडि नै आर्थिक प्रस्तावको कागजातहरू हेरफेर गरेको आरोप छ।

यसरी आपराधिक कृयाकलाप भइरहेको भन्ने उजुरी साइबर ब्युरोमा परेको थियो।

त्यसपछि सिआइबी र साइबर ब्युरोको टोलीले संयुक्त अनुसन्धान गरी ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका ६ जनामाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान अघि बढेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : ०५ बजे

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति  चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा