जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय « Khabarhub

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सहिद परिवारका थप ८ सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको हो ।

घाइतेलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ तथा नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ्क ३२, कार्तिक १७, २०८२) मा भएको व्यवस्थाअनुसार यसअघि छुट भएका परिवारलाई समेट्दै निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

यसअघि प्राधिकरणले २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइसकेको थियो । पछिल्लो निर्णयसँगै थपिएका ८ जनामा रोजित श्रेष्ठ (बनस्थली), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल, मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लम्जुङ) रहेका छन् ।

त्यसैगरी बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन मूल्यांकनसम्बन्धी जानकारी पनि लिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : ४४ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय