पर्यटकको नयाँ गन्तव्य बन्दै ‘भच्चेक’ (तस्बिरहरू) « Khabarhub

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘भच्चेक’ (तस्बिरहरू)


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको कोलाहलपूर्ण वातावरणबाट केही समय टाढा शान्त प्राकृतिक सौन्दर्य खोज्ने आन्तरिक पर्यटकका लागि गोरखाको भच्चेक नयाँ आकर्षण बन्दै गएको छ।

काठमाडौँबाट करिब १६३ किलोमिटर दूरीमा रहेको भच्चेक करिब १ हजार ७५० मिटर उचाइमा अवस्थित छ। चिसो मौसम, हरियाली डाँडाकाँडा र सफा दिनमा देखिने हिमशृंखलाले यो क्षेत्रलाई पर्यटकमैत्री बनाएको छ।

पक्की सडक सञ्जाल विस्तार भएपछि यहाँ पुग्ने पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको स्थानीयको भनाइ छ। गोरखा सदरमुकामबाट बाह्रकिलो हुँदै साना सवारीसाधनमार्फत भच्चेक पुग्न सकिन्छ भने पालुङटारतर्फबाट पनि कालोपत्रे सडक प्रयोग गर्न सकिन्छ। बाह्रकिलोबाट करिब ४५ किलोमिटर दूरी तय गरेपछि भच्चेक पुगिन्छ।

भच्चेकबाट गोरखा र लमजुङका फाँट तथा बस्तीहरूको मनोरम दृश्य देख्न सकिन्छ। मौसम खुलेको बेला गणेश हिमाल र अन्नपूर्ण हिमाल लगायतका हिमशृङखला नजिकैबाट अवलोकन गर्न सकिन्छ।

यहाँ गुरुङ, तामाङ, ब्राह्मण र क्षेत्री समुदायको बसोबास रहेको छ। पर्यटकले स्थानीय संस्कृति, परम्परा र जीवनशैली नजिकबाट अनुभव गर्न पाउँछन्। भच्चेक बजारबाट करिब १५ मिनेट दूरीमा रहेको नम्की गाउँमा होमस्टे सुविधा उपलब्ध छ।

नम्की गाउँ मा तामाङ समुदायको बाहुल्यता रहेको छ। यहाँ स्थानीय परिकार, सांस्कृतिक नाचगान तथा पाहुनाका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिन्छ। अजिरकोट गाउँपालिका को सहकार्यमा सञ्चालन भएका होमस्टेमा हाल १० घरधुरीले २० देखि ४० जनासम्म पाहुना राख्न सक्ने क्षमता रहेको छ।

भच्चेक क्षेत्रबाट ऐतिहासिक चेपे नदी, धार्मिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरी, साथै नागे पोखरी र निम्चे पोखरीसम्म पदयात्रा गर्न सकिने भएकाले यो क्षेत्र पदयात्रा र प्राकृतिक पर्यटनका लागि समेत आकर्षक गन्तव्य बन्दै गएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १० : ५२ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी