सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो « Khabarhub

सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटाउने निर्णय गरेको छ ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्क बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारहरूलाई बताए ।

उनका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना ‘अनररी कन्सुलर जनरल’ तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको हो ।

मन्त्रिपरिषद्को यस बैठकले यही वैशाख २८ गते अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको पोखरेलले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १२ : ३९ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने