इजरायली आक्रमणमा मारिए लेबनानी सिभिल डिफेन्सका सदस्य « Khabarhub

इजरायली आक्रमणमा मारिए लेबनानी सिभिल डिफेन्सका सदस्य


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेरूत- लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई हमलामा लेबनानी सिभिल डिफेन्सका एकजना सदस्यको मृत्यु भएको छ।

सिभिल डिफेन्सले जारी गरेको विज्ञप्तिअनुसार राशाया–कफरशौबा सडकमा कार्यरत एक कर्मचारीले इजरायली एयरस्ट्राइकको निशानामा परेर ज्यान गुमाएका हुन्।

यसअघि इजरायलले दक्षिणी लेबनानका विभिन्न सहर र गाउँका बासिन्दालाई तत्काल घर खाली गर्न चेतावनी दिएको थियो।

इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अभिच्ये अड्रियले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अल नमरियाह, तायर फिलिसिया, हल्लुसियाह, अपर हल्लुसियाह, तुराह र मरकाह क्षेत्रका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानतर्फ जान आग्रह गरेका थिए।

उनले हिजबुल्लाहसँग सम्बन्धित ठेगाना, हतियार वा लडाकु नजिक रहेका व्यक्तिहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका थिए।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  २ : १७ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६