मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड « Khabarhub

मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले आगामी मनसुन, २०२६ को पूर्वानुमान तथा त्यसका सम्भावित प्रभावबारे गहन अध्ययन र छलफल भइरहेको बताएकी छिन् । जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित मनसुन फोरममा महानिर्देशक श्रेष्ठले विगतको मनसुन समीक्षा गर्दै आगामी मौसममा हुनसक्ने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्कहरूले नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार प्रदान गर्ने बताइन् ।

उनले विभागले हाल उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन–अनुसन्धान तथा अन्तरराष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको जानकारी दिइन् । विभागले वर्षका चारै यामका लागि ‘ऋतुगत पूर्वानुमान’ गर्ने लक्ष्य लिएको उल्लेख गर्दै हाल तीनवटा यामको पूर्वानुमान सुरु भइसकेको र अब प्रि–मनसुनको पूर्वानुमान पनि सुरु गर्ने तयारी भइरहेको बताइन् ।

महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इन्डियन ओसियन डाइपोल तथा आर्कटिक ओस्सिलेसनजस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीहरूले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको छ । “वैज्ञानिक अनुसन्धानलाई मजबुत बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी बनाउन सकिन्छ”, उनले भनिन् ।

उनले विभागले हाल क्षेत्रीय स्तरमा मात्र नभई ‘सब–रिजनल’ अर्थात् स्थानीय तहसम्म पुग्ने मौसमी पूर्वानुमान प्रणाली विकास गर्ने योजना अघि बढाएको जानकारी दिइन् । यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिइएको उनको भनाइ थियो ।

महानिर्देशक श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमताल विस्फोटको जोखिम बढ्ने तथा चरम मौसमीय घटनाहरू वृद्धि भइरहेकाले तथ्यमा आधारित योजना निर्माण आवश्यक भएको बताइन् । विभागले ग्लेसियर मोनिटरिङ तथा जलवायु अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको जानकारी दिँदै यस कार्यमा मन्त्रालयको सहयोग रहेको उल्लेख गरिन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ३ : ३४ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल