नेप्से परिसूचक २७ अङ्कले बढ्यो « Khabarhub

नेप्से परिसूचक २७ अङ्कले बढ्यो


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ । यो एक दशमलव ०१ प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ९५, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन एक दशमलव ४८, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १०, जीवन बीमा शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले बढेको छ ।

त्यस्तै, लघुवित्त समूह शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा समूह एक दशमलव ५२ र अन्य समूह एक दशमलव १३ प्रतिशतले बढेको नेप्से जनाएको छ । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ४ : १६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह