नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत « Khabarhub

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरे । कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरियो ।

त्यस्तै, ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा भीमार्जुन आचार्य र निर्वाण सिं गुरुङलाई प्रदान गरिएको जनाइएको छ । साथै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं, महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको छ भने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ पाउनेमा विपना तामाङ, सहिमा श्रेष्ठ, सुरेश लामा छन् ।

नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार प्रमोद उपाध्यायले प्राप्त गरेको नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाले जानकारी दिए । उनका अनुसार ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ अनन्त वाग्ले र गीता अधिकारीले प्राप्त गरेका छन् ।

अध्यक्ष बाँसकोटाले नातीकाजीले सङ्गीतलाई केवल मनोरञ्जनको साधनका रुपमा मात्रै नभइ, सामाजिक चेतना जगाउने शक्तिशाली माध्यमका रुपमा प्रयोग गरेको उल्लेख गरे । “उहाँका गीतमा देशप्रेम, संस्कृतिप्रेम, मानवीय संवेदना र जीवन दर्शनको अद्भूत संयोजन पाइन्छ, उहाँको योगदानले नेपाली सङ्गीतलाई उच्च स्थानमा पुराएको छ”, अध्यक्ष बाँस्कोटाले भने ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ४ : ४६ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न