लिभिङ टुगेदरमा महिलाको अत्यधिक शोषण « Khabarhub

लिभिङ टुगेदरमा महिलाको अत्यधिक शोषण


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय पश्चिमाको सिको गर्दै नेपालमा पनि युवाहरु ‘लिभिङ टुगेदर’ सम्बन्धमा बस्ने गरेका छन् । तर तथ्याङ्कले लिभिङ टुगेदर सम्बन्धमा महिलाको अत्यधिक शोषण भएको पाइएको छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र सञ्चारिका समूह नेपालले संयुक्त आयोजनामा ‘लैङगिक समानता प्रवर्द्धन तथा लैङ्गिक हिंसा अन्त्यका लागि आगामी रणनीतिक विषयमा अन्तक्रिर्या’ कार्यक्रममा महिला, कानुन र विकास मञ्चका अध्यक्ष तथा अधिवक्ता सबिन श्रेष्ठले लिभिङ सम्बन्धलाई लिएर पुरुष सिरियस नरहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘महिलाहरु लिभिङ सम्बन्धलाई विवाह नै मान्ने गरेका छन् । तर पुरुषहरुको हकमा सिरियस नभएको पाइएको छ । सँगै बस्दाबस्दै गर्भ रहन गएमा लिभिङमा बस्ने अधिकांश पुरुषले विवाह गर्ने नभएर असुरक्षित गर्भपतनलाई जोड दिएको पाइन्छ । यसले महिलाको प्रजनन् अधिकार, स्वास्थ्य र आत्मसम्मानमा प्रहार भएको छ ।’

त्यस्तै श्रेष्ठले नेपालमा ‘लिभिङ टुगेदर’ को सम्बन्धमा महिलाहरु अत्यधिक शोषणमा परेका कारण कानूनी जटिलतालाई सम्बोधन गर्नुपर्ने माग गरे । नेपालमा गोप्य रुपमा सरोगेट हुने गरेको उल्लेख गर्दै उनले महिलाहरुको प्रजनन् अधिकारमाथि राज्यलेनै नै अनदेखा गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ४ : ४२ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको