वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन व्यवस्थित गर्न अपिल « Khabarhub

वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन व्यवस्थित गर्न अपिल


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- वनक्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन वन अतिक्रमण नियन्त्रण र व्यवस्थापन व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल वन प्राविधिक सङ्घ लुम्बिनी प्रदेशले प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमणका घटना बढ्दै गएको पाइएकाले सम्बन्धित निकायहरूबीच समन्वय तथा सहकार्य गरी अतिक्रमण नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने बताएको हो ।

सङ्घ अध्यक्ष केशर खड्काले सार्वजनिक अपिल जारी गरी प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, वन उपभोक्ता समूह, सरोकारवाला सङ्घसंस्था तथा आम नागरिकहरूलाई वन अतिक्रमण नियन्त्रण तथा वन संरक्षण अभियानमा सक्रिय सहयोग तथा सहभागिताका लागि अनुरोध गरेको छ । साथै वनक्षेत्र अतिक्रमण गरी बसोवास वा उपयोग गरिरहनुभएका व्यक्तिहरूलाई स्वेच्छिक रूपमा अतिक्रमण छाडी वन संरक्षण कार्यमा सहयोग पुर्‍याइदिन अनुरोधसमेत गरेको छ ।

वन क्षेत्रको अतिक्रमण आज वन विनाश तथा वनक्षेत्र ह्रासको प्रमुख कारणको रूपमा देखापरेको छ । वनक्षेत्रमा अनधिकृत बसोबास, खेतीपाती तथा अन्य प्रयोजनका लागि गरिने अतिक्रमणका कारण प्राकृतिक स्रोतसाधन, जैविक विविधता, वन्यजन्तुको वासस्थान तथा वातावरणीय सन्तुलनमा गम्भीर असर परेको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको सन्दर्भमा वनक्षेत्रको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्नु राज्य, समुदाय तथा सम्पूर्ण नागरिकको साझा दायित्व हो ।

विज्ञप्तिमा भनिएको छ, “प्रचलित वनसम्बन्धी कानुनअनुसार वन अतिक्रमण दण्डनीय कार्य हो । नेपाल सरकारबाट प्राप्त निर्देशन बमोजिम वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण वन प्राविधिक, सुरक्षानिकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवालाहरू एकजुट भई अभियान सफल बनाउन सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता रहेको छ ।”

वन संरक्षण नै वातावरण संरक्षण, जैविक विविधता संरक्षण तथा भावी पुस्ताको सुरक्षित भविष्यको आधार भएकाले वन संरक्षण अभियानमा सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ५ : २७ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि