नेपाल ‘ए’ द्वारा अमेरिका पराजित « Khabarhub

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकामाथि तीन विकेटको जित हासिल गरेको हो । अमेरिकाले जितको लागि दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले पाँच बल बाँकी रहँदा पूरा गर्‍यो ।

नेपालको जितमा मयान यादव नायक बने । उनले ८० बलमा ७२ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए । उनको इनिङ्समा चार चौका र दुई छक्का समावेश थियो । त्यसअघि नेपालका ओपनर त्रितराज दासले २३ रन बनाउँदा कप्तान अनिल साहले २७ रनको योगदान दिए । देव खनाल १७ रनमा आउट भए पनि सन्दीप जोराले मध्यम क्रम सम्हाल्दै ३६ रन जोडे । कुशल मल्लले ३३ रन बनाए ।

खेल अन्तिमतिर रोमाञ्चक बनेको अवस्थामा पवन सर्राफले विस्फोटक ब्याटिङ गरे । उनले १५ बलमा अविजित २४ रन बनाउने क्रममा एक चौका र दुई छक्का प्रहार गरे । दीपक डुम्रे दुई रनमा अविजित रहँदा नेपालले ४९ दशमलव एक ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

अमेरिकाका लागि मिलिन्द कुमारले सर्वाधिक दुई विकेट लिए भने सौरभ नेत्रवलकर, नोस्तुष केन्जिगे, रशिल उगारकर, हरमित सिंह तथा सञ्जय कृष्णमुर्थीले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रनको योफल बनाएको हो । अमेरिकाका लागि स्मित पटेलले शानदार शतकीय इनिङ्स खेल्दै १०७ बलमा १० चौका र पाँच छक्कासहित ११६ रन बनाए ।

त्यस्तै ओपनर शायन जहाँगिर नौ रनमा आउट हुँदा कप्तान मोनाङ्क पटेलले २० रन जोडे । सैतेजा मुक्कामल्लाले १० तथा मिलिन्द कुमारले सात रन बनाए । त्यसपछि शुभम रञ्जानेले १६, सञ्जय कृष्णमुर्थीले १५ तथा शेहान जयसूरियाले सात रनको योगदान दिए ।

अन्तिमतिर हरमित सिंह २५ र जसदीप सिंह ३३ रनमा अविजित रहँदै टोलीलाई सम्मानजनक योगफलतर्फ पुर्‍याए । नेपाल ‘ए’ का लागि पवन सर्राफले दुई विकेट लिए भने विपीन खत्री, शाहव आलम, बासिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : ४० बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम