दोलखाका ४ गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा « Khabarhub

दोलखाका ४ गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखा जिल्लाका चारवटा गाउँपालिका पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति दोलखा र जनस्वास्थ्य कार्यालय दोलखाले जिल्लाको गौरीशंकर,वैतेश्वर, मेलुङ र शैलुङ गाउँपालिकालाई आर्थिक वर्ष २०८२/०८३ मा पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषित भएका हुन् ।

शुक्रबार जिल्लाको वैतेश्वर गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा प्रतिबद्धता घोषणा गरिएको जनस्वास्थ्य कार्यालय दोलखाका भुवन केसीले जानकारी दि ए। जनस्वास्थ्य कार्यालयले पूर्णखोप पालिका घोषणा गर्दै वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामालाई खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।

गाउँपालिका भित्रका जन्मेदेखी १५ महिनाका एकसय ३९ जना बालबालिकालाई पूर्णखोप लगाइएको बताए । त्यसैगरी घरधुरी संरक्षण गर्दा ३ सय ६५ जना बालबालिकाले चैत मसान्तसम्म पूर्णखोप प्राप्त गरेको वैतेश्वर गाउँपालिकाका जनस्वास्थ्य अधिकृत अमित यादवले बताए ।

यादवले खोप सुनिश्चितता तथा दिगोपना नियमित खोप सुदृढीकरण कार्यक्रमको लक्ष्य हासिल गर्ने पालिकाको रूपमा प्रमाणपत्र हस्तान्तरण गरिएको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । बालबालिकालाई जन्मेदेखि नै विभिन्न रोगविरुद्धको खोप अनिवार्य हुन्छ । सबै बालबालिकाले तोकिएको खोप पूरा गरेपछि मात्र पूर्णखोप घोषणा गरिने हुँदा यस वर्षपनि सबै बालबालिकालाई  खोपको सबै मात्रपुरा गरिएको हुँदा पूर्णखोप प्राप्त गर्ने पालिका घोषणा गरिएको थियो ।

गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षयता सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष कल्पना उप्रेती,जनस्वास्थ्य कार्यालयका प्रतिनिधि,वैतेश्वर गाउँपालिकाका वडा अध्यक्षहरु,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य स्वयंमसेवीका लगायतले पूर्णखोप कार्यक्रमलाई सम्बोधन गर्दै नियमित खोप कार्यक्रमको लागि प्रतिबद्धता पत्रमा हस्तान्तरण गरेका थिए । वार्षिक खोप अभियानलाई पुर्ण बनाउन लाग्ने वडागत रूपमा स्वास्थ्य चौकी इन्चार्जहरुलाई सम्मान समेत गरिएको थियो।

सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : ४४ बजे

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस्

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको 

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ