प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार « Khabarhub

प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा संवैधानिक परिषद् बैठकबाट सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कार्य संविधानविपरीत रहेको दाबी रिटमा गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट पेस गरेका हुन् । रिटमा प्रधानन्यायाधीशको वरीयता मिच्दा न्यायपालिका अस्थिर भई स्वतन्त्रतामा नै गम्भीर खलल पुग्ने दाबी गरिएको छ ।

त्यस्तै अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले पनि छुट्टाछुट्टै रिट पेस गरेका थिए । तीनवटै रिट दर्ता गर्न अस्वीकार गर्ने आदेश भएको सर्वोच्चले जनाएको छ ।

रिटमा न्यायपालिकालाई कार्यपालिकाको छायामा राख्न खोजिएको बताउँदै अन्तरिम आदेशमार्फत शर्माको सिफारिसमा रोक लगाउन माग गरिएको थियो ।

साथै रिटमा परिषद्का सदस्यलाई २४ घण्टाअगावै बैठकको सूचना दिएर निर्णय गर्नुपर्ने कानुनको प्रावधान समेत मिचिएको प्रश्न पनि उठाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ८ : ५३ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र