एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ? « Khabarhub

एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

पहिलो सेमिफाइनलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रनको अविजित इनिङ्स खेले। उनले २६ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए। बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै समेटिएको थियो। ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८, जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोडे।

ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।

आइतबारै भएको दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनलमा पुगेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले १८.२ ओभरमा ४ विकेट गुमाएर १२० रन बनाउँदै पूरा गर्‍यो।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

कस्तो छ ‘हेड टु हेड’ ?

सिङ्गापुरमा हुने नेपाल र हङकङको भिडन्त मध्याह्न १२:१५ बजे सुरु हुने छ। जारी प्रतियोगितामा नेपाल र हङकङ दुवै टोली अपराजित छन्। त्यसैले दुवै टोली फाइनल जित्दै अपराजित च्याम्पियन बन्ने योजनामा छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा नेपाल र हङकङबीच १४ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल बलियो देखिएको छ। नेपालले ७ खेलमा जित हात पारेको छ भने हङकङले ५ खेल जितेको छ। यी दुई टोलीबिचका दुई खेल भने वर्षाका कारण रद्द भएका थिए।

एसियन गेम्स छनोटको तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच आजै प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ६ : १३ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी