एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ? « Khabarhub

एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

पहिलो सेमिफाइनलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रनको अविजित इनिङ्स खेले। उनले २६ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए। बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै समेटिएको थियो। ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८, जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोडे।

ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।

आइतबारै भएको दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनलमा पुगेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले १८.२ ओभरमा ४ विकेट गुमाएर १२० रन बनाउँदै पूरा गर्‍यो।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

कस्तो छ ‘हेड टु हेड’ ?

सिङ्गापुरमा हुने नेपाल र हङकङको भिडन्त मध्याह्न १२:१५ बजे सुरु हुने छ। जारी प्रतियोगितामा नेपाल र हङकङ दुवै टोली अपराजित छन्। त्यसैले दुवै टोली फाइनल जित्दै अपराजित च्याम्पियन बन्ने योजनामा छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा नेपाल र हङकङबीच १४ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल बलियो देखिएको छ। नेपालले ७ खेलमा जित हात पारेको छ भने हङकङले ५ खेल जितेको छ। यी दुई टोलीबिचका दुई खेल भने वर्षाका कारण रद्द भएका थिए।

एसियन गेम्स छनोटको तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच आजै प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ६ : १३ बजे

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी