फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी « Khabarhub

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

मनीला– फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन्।

स्थानीय समय अनुसार बिहान ७:३७ बजे फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित सहरको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता र गहिराइका बारेमा विभिन्न भूगर्भसम्बन्धी निकायले फरक-फरक प्रारम्भिक विवरण सार्वजनिक गरेका छन्। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (फिभोल्क्स) का अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर रहेको थियो।

तर, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने उक्त भूकम्प ७.८ म्याग्निच्युडको मापन गरेको छ। यूएसजीएसका अनुसार यसको गहिराइ ३५ किलोमिटर छ। यस्तै, जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले पनि भूकम्प ७.८ म्याग्निच्युडकै रहेको र यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ।

शक्तिशाली भूकम्पसँगै समुद्रमा ठुला छाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन्। भूकम्पबाट भएको थप क्षति र विवरणहरू आउन बाँकी छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ६ : ५६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली