विश्वकप: मेसी र रोनाल्डोसहित यी हुन् १० स्टार खेलाडी « Khabarhub

विश्वकप: मेसी र रोनाल्डोसहित यी हुन् १० स्टार खेलाडी

मार्क गर्नुपर्ने नयाँ खेलाडीमा यामालदेखि गुलरसम्म


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लियोनेल मेसीको जादुयी खुट्टा, क्रिस्टियानो रोनाल्डोको एक्रोबेटिक प्रहार, लामिन यामालको चमत्कारीक खेल र किलियन एम्बाप्पेको सनसनीपूर्ण गति। विश्व फुटबलका यी विरलै देखिने दृश्य फेरि एकपटक विश्वमञ्चमा देख्न पाइने भएको छ। फिफा विश्वकप २०२६ आउँदो बिहीबारदेखि सुरु हुँदैछ।

विश्व फुटबलका दिग्गजदेखि उदयमान स्टारसम्मका खेल हेर्न समर्थकको प्रतीक्षा अब सकिनै लागेको छ। चर्चित १० खेलाडीको सूची :

लियोनेल मेसी (अर्जेन्टिना)
चार वर्षअघि कतारमा विश्वकप ट्रफी उचाल्दै ३८ वर्षीय मेसीले आफ्नो बाल्यकालको सपना पूरा गरेका थिए। आफ्नो ट्रफीको भण्डारमा बाँकी रहेको एकमात्र अधुरो सपना पूरा गरेपछि मेसी अहिले कीर्तिमानी छैटौँ पटक विश्वकप खेल्दैछन्। अर्जेन्टिनी फुटबलका विशेष खेलाडी मेसीको भूमिका यसपटक उमेर र शारीरिक फिटनेसका कारण केही सीमित हुन सक्ने अनुमान गरिएको छ। यद्यपि अर्जेन्टिना उनको कप्तानीमा उपाधि रक्षा गर्ने दाउमा हुनेछ।

लामिन यामाल (स्पेन)
स्पेनलाई युरो २०२४ को उपाधि दिलाउन मुख्य भूमिका खेलेका विङ्गर लामिन यामाल मात्र १८ वर्षका भए। तर, आफ्नो पुस्ताकै उत्कृष्ट मानिएका उनी उमेरभन्दा निकै परिपक्व देखिन्छन्। आफ्नो पहिलो विश्वकप खेल्न लागेका यामालले यसपटक कस्तो जादु देखाउने हुन् भन्नेमा समर्थक र समीक्षक उत्सुक छन्। यदि उनले आफ्नो लय कायम राखेमा विश्वकपमा गोल्डेन बुट जित्ने सबैभन्दा कान्छो खेलाडी बन्न सक्नेछन्।

किलियन एम्बाप्पे (फ्रान्स)
कतार विश्वकप २०२२ को फाइनलमा सनसनीपूर्ण ह्याट्रिक गरे पनि उपाधि नजिक पुगेर चुकेका एम्बाप्पे यसपटक सन् २०१८ को सफलता दोहोर्‍याउने दाउमा छन्। गत विश्वकपमा गोल्डेन बुट जितेका २७ वर्षीय एम्बाप्पे अझ बढी परिपक्व भइसकेका छन्। फ्रान्सका लागि सर्वाधिक गोलकर्ता ओलिभर जिरुडको ५७ गोलको कीर्तिमान भन्दा उनी मात्र १ गोलले पछि छन्। जिरुडले ३६ वर्षको उमेरमा गरेको यो कीर्तिमान एम्बाप्पेले २७ वर्षकै उमेरमा तोड्ने सम्भावना छ।

अर्लिङ हालान्ड (नर्वे)
युरोपेली फुटबलका सबैभन्दा खतरनाक स्ट्राइकरमध्येका एक हालान्ड यसैपटक विश्वकपमा डेब्यु गर्दैछन्। नर्वेलाई २८ वर्षपछि विश्वकपमा छनोट गराउन २५ वर्षीय हालान्डले छनोट चरणमा सर्वाधिक १६ गोल गरेका थिए। म्यानचेस्टर सिटीका यी स्ट्राइकरले ५० भन्दा कम अन्तर्राष्ट्रिय खेलमा ५० गोल पूरा गरेर ५३ वर्ष पुरानो कीर्तिमान तोडिसकेका छन्।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
४१ वर्ष पुगिसकेका रोनाल्डोका लागि २०२६ को विश्वकप अन्तिम हुन सक्छ। उमेर छिप्पिँदै गए पनि उनको फिटनेस लोभलाग्दो छ। पोर्चुगललाई युरोपियन च्याम्पियन बनाइसकेका रोनाल्डो आफ्नो पहिलो विश्वकप ट्रफी उठाउने दाउमा छन्। मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजको रणनीतिमा रोनाल्डोले यसपटक पर्याप्त समय मैदानमा बिताउने अपेक्षा गरिएको छ।

ह्यारी केन (इङ्ल्यान्ड)
बायर्न म्युनिखबाट लगातार दोस्रो पटक बुन्डेसलिगाको उपाधि र सर्वाधिक गोलकर्ताको ट्रफी जितेका ह्यारी केन अहिले आफ्नो खेल जीवनकै उत्कृष्ट लयमा छन्। सन् २०१८ को विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका इङ्ल्यान्डका कप्तान केन यसपटक पनि टोलीको मुख्य हतियार हुन्। यदि उनले फेरि गोल्डेन बुट जितेमा इतिहासमै दुई पटक यो उपाधि जित्ने पहिलो खेलाडी बन्नेछन्।

विनिसियस जुनियर (ब्राजिल)
चार वर्षअघिको विश्वकपमा भर्खरै टोलीमा स्थान बनाउँदै गरेका विनिसियस यसपटक ब्राजिलका मुख्य स्टारका रूपमा मैदान उत्रिँदैछन्। घाइते खेलाडीको अनुपस्थितिमा ब्राजिलको बलियो आक्रमणको जिम्मेवारी उनको काँधमा हुनेछ। सन् २०२४ को ‘फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी’ बनेका विनिसियसलाई यसपटक टोलीका सर्वाधिक गोलकर्ता नेयमार जुनियरको पनि साथ रहनेछ।

एन्टोइन सेमेन्यो (घाना)
यसै वर्षको सुरुमा म्यानचेस्टर सिटीमा आबद्ध भएपछि २६ वर्षीय विङ्गर सेमेन्योले आफ्नो प्लेमेकिङ क्षमताले सबैलाई प्रभावित पारेका छन्। घाइते मिडफिल्डर मोहम्मद कुडुसको अनुपस्थितिमा घानाको टोलीका लागि सेमेन्यो मुख्य खम्बा मानिएका छन्। संक्रमणकालीन चरणबाट गुज्रिरहेको घानाका लागि उनी पहिलो विश्वकपमै नायक बन्ने अवसरमा छन्।

अर्दा गुलर (टर्की)
दुई दशकभन्दा बढी समयपछि विश्वकपमा पुनरागमन गरेको टर्कीका समर्थकको आशा रियल म्याड्रिडका युवा स्टार अर्दा गुलरमाथि टिकेको छ। युरोपका उत्कृष्ट युवा खेलाडीमध्येका एक गुलर टर्कीका लागि आफ्नो पहिलो ठूलो प्रतियोगितामा विश्वमञ्चमा आफ्नो छाप छोड्न तयार छन्।

मोहम्मद सलाह (इजिप्ट)
अफ्रिकी फुटबलका लिजेन्ड ३३ वर्षीय सलाहले क्लब फुटबलमा अनगिन्ती कीर्तिमान बनाए पनि आफ्नो देशका लागि ठूलो उपाधि जित्न सकेका छैनन्। चोटका कारण विश्वकप यात्रा संकटमा परे पनि ‘इजिप्टिसियन किङ’ उत्तर अमेरिकामा टोलीको नेतृत्व गर्न पूर्ण रूपमा तयार छन्। सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका सलाह यसपटक अधुरो यात्रा पूरा गर्ने दाउमा हुनेछन्।

अलजजिराबाट अनुवादित

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ९ : २५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक