हुम्लाका विद्यालयलाई फुटबल सहयोग « Khabarhub

हुम्लाका विद्यालयलाई फुटबल सहयोग


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल कार्यक्रम सुरु भएको छ । विद्यालय तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले एन्फाले देशभर कार्यक्रम सञ्चालन गरिरहेकामा यहाँ पनि लागू गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को ‘फुटबल फर स्कुल्स’ कार्यक्रमअन्तर्गत अभियान सुरु गरिएको कार्यक्रमका संयोजक धीरज रोकायाले जानकारी दिए । उनका अनुसार एन्फाले केही समयअघि खुला गरेको अनलाइन आवेदनका आधारमा हुम्लाका चार विद्यालय छनोटमा परेका थिए ।

छनोट भएकामध्ये सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यमिक विद्यालय र अदानचुली गाउँपालिकाको माउन्ट एभरेस्ट एकेडेमीलाई आइतबार एक कार्यक्रमका बीच प्रतिविद्यालय २५ वटाका दरले फुटबल प्रदान गरिएको हो ।

छनोटमा परेको सर्केगाड गाउँपालिकाको हिमज्योति माविलाई आज फुटबल हस्तान्तरण गर्ने कार्यक्रम रहेको र नाम्खा गाउँपालिकाको खिरपानी आनी विद्यालयमा भने हाल पाँच जना विद्यार्थी मात्र हुँदा बन्द हुने अवस्थामा पुगेकाले फुटबल वितरण नगरिएको संयोजक रोकायाले जानकारी दिए । उक्त विद्यालयका लागि आएका सामग्री एन्फासँगको समन्वयमा जिल्लाको अर्को विद्यालयलाई प्रदान गरिने उनले बताए ।

फुटबल प्राप्त गरेका विद्यालयले विद्यार्थीलाई नियमित खेल अभ्यास गराउनुपर्ने छ । यसका लागि बालमन्दिर माविले ४० जना विद्यार्थी छनोट गरी सकेको जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ८ : ३० बजे

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना