हुम्लाका विद्यालयलाई फुटबल सहयोग « Khabarhub

हुम्लाका विद्यालयलाई फुटबल सहयोग


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल कार्यक्रम सुरु भएको छ । विद्यालय तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले एन्फाले देशभर कार्यक्रम सञ्चालन गरिरहेकामा यहाँ पनि लागू गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को ‘फुटबल फर स्कुल्स’ कार्यक्रमअन्तर्गत अभियान सुरु गरिएको कार्यक्रमका संयोजक धीरज रोकायाले जानकारी दिए । उनका अनुसार एन्फाले केही समयअघि खुला गरेको अनलाइन आवेदनका आधारमा हुम्लाका चार विद्यालय छनोटमा परेका थिए ।

छनोट भएकामध्ये सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यमिक विद्यालय र अदानचुली गाउँपालिकाको माउन्ट एभरेस्ट एकेडेमीलाई आइतबार एक कार्यक्रमका बीच प्रतिविद्यालय २५ वटाका दरले फुटबल प्रदान गरिएको हो ।

छनोटमा परेको सर्केगाड गाउँपालिकाको हिमज्योति माविलाई आज फुटबल हस्तान्तरण गर्ने कार्यक्रम रहेको र नाम्खा गाउँपालिकाको खिरपानी आनी विद्यालयमा भने हाल पाँच जना विद्यार्थी मात्र हुँदा बन्द हुने अवस्थामा पुगेकाले फुटबल वितरण नगरिएको संयोजक रोकायाले जानकारी दिए । उक्त विद्यालयका लागि आएका सामग्री एन्फासँगको समन्वयमा जिल्लाको अर्को विद्यालयलाई प्रदान गरिने उनले बताए ।

फुटबल प्राप्त गरेका विद्यालयले विद्यार्थीलाई नियमित खेल अभ्यास गराउनुपर्ने छ । यसका लागि बालमन्दिर माविले ४० जना विद्यार्थी छनोट गरी सकेको जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ८ : ३० बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी