इरान–इजरायल तनाव फेरि चुलियो, युद्धविरामपछि पहिलो क्षेप्यास्त्र आक्रमण « Khabarhub

इरान–इजरायल तनाव फेरि चुलियो, युद्धविरामपछि पहिलो क्षेप्यास्त्र आक्रमण


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

तेहरान– अप्रिलको सुरुवातमा लागू भएको युद्धविरामपछि इरानले पहिलो पटक इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको इजरायलले जनाएको छ । यस घटनाले मध्यपूर्वमा पुनः व्यापक द्वन्द्व भड्किने आशंका बढाएको छ भने शान्ति प्रयासहरू थप जटिल बनेका छन् ।

इरानको सरकारी प्रसारण संस्थाले क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको छ । सम्भावित जबाफी आक्रमणको तयारीस्वरूप इरानले आफ्नो पश्चिमी हवाई क्षेत्र बन्द गरेको जनाएको छ । इरानी पक्षका अनुसार यसअघि इजरायलले लेबनानको राजधानी बेरुतस्थित दक्षिणी उपनगरमा गरेको आक्रमणको प्रतिशोधस्वरूप क्षेप्यास्त्र प्रहार गरिएको हो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जारी गरेको वक्तव्यमा यस्ता आक्रमण दोहोरिएमा अमेरिकी तथा इजरायली लक्ष्यविरुद्ध अझ व्यापक प्रतिक्रिया दिइने चेतावनी दिएको छ ।

क्षेप्यास्त्र आक्रमणपछि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो । इजरायली सञ्चारमाध्यमका अनुसार लाखौं नागरिक सुरक्षित आश्रयस्थलतर्फ गएका थिए । इजरायली सेनाले अधिकांश क्षेप्यास्त्रहरू आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको दाबी गरेको छ । उत्तरी इजरायलका केही क्षेत्रमा विस्फोटका आवाज सुनिएको बताइएको छ ।

इजरायली सेनाले इरानले गम्भीर गल्ती गरेको भन्दै आवश्यक परे कडा जबाफी कारबाही गरिने चेतावनी दिएको छ ।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई थप सैन्य प्रतिक्रिया आवश्यक नभएको संकेत दिएका छन् । एक अन्तर्वार्ताका क्रममा उनले क्षेत्रीय परिस्थितिसम्बन्धी प्रमुख निर्णयहरूमा आफ्नो भूमिका रहने बताउनुभएको थियो ।

यस घटनासँगै मध्यपूर्वमा फेरि तनाव बढेको छ । साथै, केही महिनाअघि लागू गरिएको युद्धविरामको भविष्यबारे समेत गम्भीर प्रश्न उठ्न थालेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १२ : २४ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी