विधानसम्मत नै इप्पानको अधिवेशन हुने, दुलालको भनाइ संस्था हित विपरित : अध्यक्ष कार्की « Khabarhub

विधानसम्मत नै इप्पानको अधिवेशन हुने, दुलालको भनाइ संस्था हित विपरित : अध्यक्ष कार्की


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आठौँ अधिवेशन हुन लागेको र संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालको भनाइ संस्थाको हित विपरित रहेको इप्पानले जनाएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले सोमबार एक विज्ञप्ति जारी गर्दै इप्पानका उपमहासचिव प्रकाश दुलालले सार्वजनिक रूपमा विधान गायब भएको विधान विपरित साधारणसभा गर्न लागिएको भन्दै प्रचार गरेकोले सो कार्यको भत्सर्ना गरिउको जनाएका छन् ।

‘२०८३ साल बैशाख ४ गते सम्पन्न बैठकले सर्वसम्मतबाट आगामी २४ औ साधारणसभा एवं आठौ अधिवेशन गर्ने निर्णय कार्य समितिले गरेको तथा समितिले विधान मस्यौदाबारे सबै व्यक्तिहरु (छलफलको क्रममा औपचारिक रुपमा १५ जना) ले दिएको सुझावसहितको पोखरेल संयोजकत्वको विधान संशोधन तथा पुर्नलेखन मस्यौदा समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको अवस्थामा इप्पानकै उपमहासचिव रहनु भएका श्री प्रकाशचन्द्र दुलालले सार्वजनिक रुपमा विधान गायब भएको, विधान विपरित साधारणसभा आयोजना गर्न लागिएको जस्ता अर्नगल र कपोलकल्पित प्रचार गरेकोले यस संस्थाप्रति उक्त कार्यले नकारात्मक सन्देश जाने भएकोले सो को घोर भत्र्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

जेष्ठ २९ गते इप्पानको २४ औ बार्षिक साधारणसभा एवं आठौँ अधिवेशन हुन लागेको र सो अधिवेशन विधानअनुसार हुन लागेको इप्पानले जनाएको छ ।

साथै, जेष्ठ २५ गते सम्पन्न २०३ औँ बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी आगामी २०८३ साल जेष्ठ २९ गते हुने २४ औ बार्षिक साधारणसभाका लागि बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने र विधान संशोधन भए पश्चात एक कार्यकाल कार्य समितिमा रहेका विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेदवार हुन पाउने तथा अन्य सबै पदमा खुल्ला रुपमा उम्मेदवारी दिने गरी प्रस्ताव लैजान लागेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १ : ०२ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा