मिलेन विपक्षीसँग रास्वपाको कुरा, रविले भने : प्रधानमन्त्री सदनमा आउनु हुन्‍न, परराष्ट्रमन्त्री र म बोलौँला « Khabarhub

मिलेन विपक्षीसँग रास्वपाको कुरा, रविले भने : प्रधानमन्त्री सदनमा आउनु हुन्‍न, परराष्ट्रमन्त्री र म बोलौँला


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनुपर्ने माग राख्दै विपक्षी दलहरू गरेको अवरोध नहट्ने भएको छ।

प्रधानमन्त्री नआएसम्म प्रतिनिधिसभा बैठकमा अवरोध कायम राख्ने अडान विपक्षी दलले राखेका छन् ।

यदि प्रधानमन्त्री उपस्थित भएर जवाफ दिएमा संसद् खोल्न सकिने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राखेको बैठकमा गरेको एमालेले जनाएको छ ।

एमाले प्रमुख सचेतक ऐन महरका अनुसार लामिछानेले बोलाएको सर्वदलीय बैठकमा आफूहरूले प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म अवरोध कायम राख्ने जानकारी गराएको दाबी गरे ।

सभापति लामिछानेले प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ नदिने बरू आवश्यक परे आफूले जवाफ दिने बताउँदा पनि विपक्षी मानेनन् ।

उनीहरूले प्रधानमन्त्री नै आएर जवाफ दिनुपर्ने अडान कायम राखेका हुन्। महरका अनुसार सभापति रविले प्रधानमन्त्री सदन आएर जवाफ दिने कुनै तयारी नभएको समेत जानकारी गराएका थिए।

प्रधानमन्त्री शाहले लामिछाने भारत भ्रमण निस्किनुअगाडि जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको छ भनेर सदनबाट अभिव्यक्ति दिएका थिए।

त्यही अभिव्यक्तिलाई विपक्षीले राष्ट्रघाती भनेका छन्। उनको भनाइ देशको स्वाधीनता र सर्वसत्ताविपरीत रहेको भन्दै विपक्षीले निरन्तर प्रतिनिधि सभामा अवरोध गरिरहेका छन् ।

प्रतिनिधिसभा अवरोध भएपछि भारतबाट फर्किएर रविले सर्वदलीय बैठक राखेका हुन्। तर बैठकमा पनि विपक्षीले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफ नआएसम्म अवरोध कायम राख्ने सूचना गराएको महरको भनाइ छ ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १ : १० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी