प्रधानमन्त्रीलाई वर्षमानले भने- सीमाबारे भन्न खोजेको के हो, हाउसमा जवाफ दिनुपर्छ « Khabarhub

प्रधानमन्त्रीलाई वर्षमानले भने- सीमाबारे भन्न खोजेको के हो, हाउसमा जवाफ दिनुपर्छ


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् नियमित रूपमा सञ्चालन हुनुपर्नेमा प्रतिपक्ष दलहरू प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैंठकमा प्रधानमन्त्रीले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति असहमति कायम रहेको उल्लेख गर्दै उनले उक्त विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने र विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको आकस्मिक समयमा बोल्ने क्रममा प्रश्न उत्तर क्रममा उठेका विषयमा हामी सम्पूर्ण प्रतिपक्षको तर्फबाट असहमति र विरोध गर्दै आएका छौँ । त्यसमा पनि राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सीमाको विषयमा जो गम्भीर विषयहरू उहाँबाट व्यक्त भो, त्यो असहमत छौँ । र उहाँको आशय के हो ? उहाँले भन्न खोजेको कुरा के हो ? उहाँले हाउसमा भन्नुपर्छ भन्दै आएका छौँ ।’ 

सर्वदलीय बैठकमा सकारात्मक छलफल भएको उल्लेख गर्दै पुनले संसद्को अवरोध अन्त्यका लागि थप संवाद आवश्यक रहेकाले सभामुखसँग बैठक केही समयका लागि स्थगित गरी सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १ : ४६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली