प्रधानमन्त्रीलाई वर्षमानले भने- सीमाबारे भन्न खोजेको के हो, हाउसमा जवाफ दिनुपर्छ « Khabarhub

प्रधानमन्त्रीलाई वर्षमानले भने- सीमाबारे भन्न खोजेको के हो, हाउसमा जवाफ दिनुपर्छ


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् नियमित रूपमा सञ्चालन हुनुपर्नेमा प्रतिपक्ष दलहरू प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैंठकमा प्रधानमन्त्रीले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति असहमति कायम रहेको उल्लेख गर्दै उनले उक्त विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने र विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको आकस्मिक समयमा बोल्ने क्रममा प्रश्न उत्तर क्रममा उठेका विषयमा हामी सम्पूर्ण प्रतिपक्षको तर्फबाट असहमति र विरोध गर्दै आएका छौँ । त्यसमा पनि राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सीमाको विषयमा जो गम्भीर विषयहरू उहाँबाट व्यक्त भो, त्यो असहमत छौँ । र उहाँको आशय के हो ? उहाँले भन्न खोजेको कुरा के हो ? उहाँले हाउसमा भन्नुपर्छ भन्दै आएका छौँ ।’ 

सर्वदलीय बैठकमा सकारात्मक छलफल भएको उल्लेख गर्दै पुनले संसद्को अवरोध अन्त्यका लागि थप संवाद आवश्यक रहेकाले सभामुखसँग बैठक केही समयका लागि स्थगित गरी सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १ : ४६ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी