प्रतिनिधिसभा भोलिसम्मका लागि स्थगित  « Khabarhub

प्रतिनिधिसभा भोलिसम्मका लागि स्थगित 


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।  

विपक्षी दलको अवरोधका कारण सोमबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी जेठ २६ गते मंगलबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम(३) बमोजिम सभामुखले जेठ २६ गते मंगलबार बस्ने गरी समय निर्धारण गरेको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि सोमबार बसेको बैठकमा सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए । प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने विपक्षीको माग छ । 

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ३ : ०७ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी