बागमती– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार हुने प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
भोलि बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनको पार्टी अध्यक्ष रवि लामिछानेले हेटौँडास्थित हिमालय दरबारमा उद्घाटन गर्नेछन् ।
उद्घाटन कार्यक्रमका लागि मञ्च तयार पार्ने तथा जिल्ला जिल्लाबाट आउने प्रतिनिधिहरूको व्यवस्थापनको काम भइरहेको रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युतम लामिछानेले बताए।
उनका अनुसार अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट एक हजार ४०० प्रतिनिधि सहभागी हुनेछन् ।
अधिवेशनबाट प्रदेश समितिले नयाँ नेतृत्व चयन हुनेछ ।













प्रतिक्रिया