यु-१९ महिला राष्ट्रिय क्रिकेट : कर्णाली लगातार दोस्रोपटक पराजित « Khabarhub

यु-१९ महिला राष्ट्रिय क्रिकेट : कर्णाली लगातार दोस्रोपटक पराजित


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै मधेस प्रदेश विजयी भएको छ । यो हारसँगै कर्णाली लगातार दोस्रोपटक पराजित भएको छ भने मधेसले लगातार दोस्रोपटक जित दर्ता गराएको हो ।

सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका तीनवटै खेल जितेर उपाधिको बलियो दाबेदार बनेको छ । आज कालुङचोक मैदानमा भएको कर्णालीविरुद्धको खेलमा मधेसले नौ विकेटको फराकिलो अन्तरले जित हासिल गरेको हो । पहिलो खेलमा कोशीमाथि जित निकालेको मधेसले लगातार दोस्रो जितसँगै चार अंक जोडेको छ । 

पहिले ब्याटिङ थालेको कर्णालीले चार विकेटको क्षतिमा १०३ रनको लक्ष्य दिएको थियो । मधेसले यो लक्ष्य नौ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । घरेलु मैदानमा कर्णालीका लागि कप्तान तिर्सना विश्वकर्माले नटआउट ४९ रनको पारी खेल्दा उमा चौधरीले ३३ रन जोडिन् । 

कर्णालीकी ओपनर सरिता विष्टले पहिलो ओभरमा एक रन जोड्दै आउट भएपछि दोस्रो ओभरमा ओपनर सोविता शाही साक्षी यादवको बलमा शून्यमा आउट भइन् । कर्णालीका लागि तिर्सना र उमाले १०२ रनको सम्मानजनक योग बनाएका हुन् । अर्धशतक पूरा गर्नबाट एक रनले चुकेकी तिर्सनाले ६५ बलको सामना गर्दा तीन चौकासहित ४९ रन बनाइन् । उमाले ३३ बलमा चार चोकासहित २९ रन जोडिन् ।

जवाफी ब्याटिङमा उत्रिएको मधेसका लागि ओपनरद्वय सना प्रविनले नटआउट ४४ र अलिशा यादवले ४७ रन जोड्दै आठौँ ओभरसम्म साझेदारी गरी जित सुनिश्चित गरेका हुन् । पहिलो खेलमा अर्धशतकीय पारी खेलेकी सनाले २१ बलमा नौ चौका तथा अलिशाले ३३ बलमा आठ चौका र एक छक्कासहित ४७ रन बटुलेर जितको आधार तयार परेका हुन् । 

आजै वीरेन्द्रनगरको खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई आठ विकेट पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ओपनर अञ्जी पाठकको ७६ र आशना चौधरीको २४ रनको मद्दतमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । लुम्बिनीका अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । 

एकतीस ९३१० रन अतिरिक्त खर्चिँदै कमजोर बलिङ प्रर्दशन गरेको सुदूरका लागि ओपनरले जितका लागि १३२ रनको साझेदारी गर्दै बलियो जग बनाए । पैतालीस बलको सामना गरेकी ‘प्लयेर अफ दी म्याच’ सावित्री धामीले एक छक्का र ११ चौकासहित नटआउट ७६ रन बनाइन् भने करुणा विष्टले चार चौकासहित ४० बलमा ४५ रन बटुलिन् ।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा कोशीमाथि ८९ रनको जितसहित प्रतियोगिताको सुरुवात गरेको सुदूरपश्चिमले दोस्रो खेलमा बागमतीलाई पराजित गरेको थियो । आज तेस्रो जितसँगै सुदूरपश्चिम छ अंक जोडेर शीर्षस्थानमा उल्किएको छ । 

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ४ : २४ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक