नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा « Khabarhub

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेको निर्माण आयोजनाले जनाएको छ ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि तालिम लगायतका कार्यहरू भइरहेकाले सेवा प्रदायक अभ्यस्त भएपछि छिटै सञ्चालन हुने जानकारी दिए । 

सशस्त्र प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सबै सरोकारवालाहरू पूर्ण रुपमा तयार भएपछि सवैका लागि सुरुङमार्ग खुल्ला गरिने उनको भनाइ छ ।

आयोजना निर्देशक नेपालले उक्त आयोजनाबाट वार्षिक ३५ करोडसम्मको राजस्व संकलन हुने अनुमान गरिएको बताए । सुरुङमार्गबाट काठमाडौं आउनका लागि तीनवटा टोल प्लाजा र काठमाडौंबाट बाहिरिनका लागि दुई वटा टोल प्लाजा राखिएको आयोजनाले जनाएको छ । 

जसमध्ये एउटा टोल प्लाजाबाट नेपालमा नै पहिलो पटक स्वचालित रुपमा दस्तुर संकलन गर्ने व्यवस्था गरिएको निर्देशक नेपालले जानकारी दिए । 

बैठकमा समिति सदस्यहरूले नागढुंगा सुरुङ्गमार्ग निर्माणको लामो समय भइसकेको अवस्थामा अव छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ४ : ४५ बजे

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई