नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा « Khabarhub

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेको निर्माण आयोजनाले जनाएको छ ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि तालिम लगायतका कार्यहरू भइरहेकाले सेवा प्रदायक अभ्यस्त भएपछि छिटै सञ्चालन हुने जानकारी दिए । 

सशस्त्र प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सबै सरोकारवालाहरू पूर्ण रुपमा तयार भएपछि सवैका लागि सुरुङमार्ग खुल्ला गरिने उनको भनाइ छ ।

आयोजना निर्देशक नेपालले उक्त आयोजनाबाट वार्षिक ३५ करोडसम्मको राजस्व संकलन हुने अनुमान गरिएको बताए । सुरुङमार्गबाट काठमाडौं आउनका लागि तीनवटा टोल प्लाजा र काठमाडौंबाट बाहिरिनका लागि दुई वटा टोल प्लाजा राखिएको आयोजनाले जनाएको छ । 

जसमध्ये एउटा टोल प्लाजाबाट नेपालमा नै पहिलो पटक स्वचालित रुपमा दस्तुर संकलन गर्ने व्यवस्था गरिएको निर्देशक नेपालले जानकारी दिए । 

बैठकमा समिति सदस्यहरूले नागढुंगा सुरुङ्गमार्ग निर्माणको लामो समय भइसकेको अवस्थामा अव छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ४ : ४५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली