वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा « Khabarhub

वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित सातजनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

आयोगले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३ मा अर्काको छोरीलाई आफ्नी छोरी देखाई गलत विवरणका आधारमा जन्मदर्ता र नागरिकता प्रमाणपत्र जारी गरिएको आरोपमा सिंहसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।

आरोपपत्रमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल तथा अन्य सरकारी अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ।

त्यस्तै, गृह मन्त्रालय अन्तर्गतको छानबिन समितिका तत्कालीन संयोजक पुस्कर राना र सदस्य पर्शुराम पोखरेलविरुद्ध पनि गलत प्रतिवेदन तयार गरी अनियमिततालाई ढाकछोप गरेको आरोप अख्तियारले लगाएको छ।

आयोगका अनुसार, जन्मदर्ता प्रमाणपत्र र त्यसका आधारमा नागरिकता जारी गर्ने क्रममा गलत विवरण तयार पारिएको, कागजातमा हेरफेर गरिएको तथा अनुसन्धान प्रक्रियामा ढाकछोप गरिएको देखिएको छ।

यसैगरी, प्रतिवादीहरूमध्ये मेयर सिंह र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० निवासी रिता भट्टराईलाई पनि मतियारका रूपमा मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ।

आयोगले सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विभिन्न दफाअन्तर्गत कैद र जरिवाना मागदाबी लिएको छ।मुद्दा अब विशेष अदालतमा सुनुवाइका लागि अघि बढ्ने छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ५ : ०२ बजे

एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज

धादिङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ९ जना घाइते

काठमाडौं– धादिङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु

पूर्व मुख्यसचिव अर्याल पक्राउ परेको भन्ने विषय हाम्रो जानकारीमा आएको छैन : प्रवक्ता काफ्ले

काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) तथा केन्द्रीय प्रहरी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

बर्लिन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

धनुषा– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास