हङकङलाई हराउँदै नेपालले जित्यो एसियन गेम्स छनोट « Khabarhub

हङकङलाई हराउँदै नेपालले जित्यो एसियन गेम्स छनोट


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुशल भुर्तेलको अर्धशतकीय पारी मद्दतमा नेपालले एसियन गेम्स क्रिकेट छनोटमा हङकङविरुद्ध रोचक जित दर्ता गराएको छ।

सोमबार भएको खेलमा नेपालले डीएलएस मेथडमार्फत् हङकङलाई १९ रनले हराएको हो। खेल वर्षाले प्रभावित भएको अवस्थामा समायोजन गरिएको लक्ष्य पनि नेपालले भेट्टाएको हो।

पहिले ब्याटिङ गरेर हङकङले दिएको १८९ रनको चुनौती पछ्याउँदै नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै ११४ रन बनाउँदा खेल रोकिन पुग्यो।

यस्तोमा नेपाली ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ६५ रन बनाए। ४० बल खेलेका उनले ८ चौका र ३ छक्का हाने। उता कप्तान रोहितकुमार पौडेल ३५ रन बनाए । दीपेन्द्रसिंह ऐरी ९ रन बनाउँदै नटआउट रहे।

हङकङका बलर आयुष शुक्ला र इशान खानले व्यक्तिगत १/१ विकेट झारे। त्यसअघि सिंगापुरको सिङ्गा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो।

हङकङका लागि अन्शुमान रथले ८० रनको उत्कृष्ट ब्याटिङ गरे । शाहिद वासिफले ५५ रन बनाए। यी दुवैले ८४ रनको साझेदारी गरे ।

नेपालका लागि शेर मल्लले ४ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। उता करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट झारे।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ५ : १० बजे

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय