हङकङलाई हराउँदै नेपालले जित्यो एसियन गेम्स छनोट « Khabarhub

हङकङलाई हराउँदै नेपालले जित्यो एसियन गेम्स छनोट


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुशल भुर्तेलको अर्धशतकीय पारी मद्दतमा नेपालले एसियन गेम्स क्रिकेट छनोटमा हङकङविरुद्ध रोचक जित दर्ता गराएको छ।

सोमबार भएको खेलमा नेपालले डीएलएस मेथडमार्फत् हङकङलाई १९ रनले हराएको हो। खेल वर्षाले प्रभावित भएको अवस्थामा समायोजन गरिएको लक्ष्य पनि नेपालले भेट्टाएको हो।

पहिले ब्याटिङ गरेर हङकङले दिएको १८९ रनको चुनौती पछ्याउँदै नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै ११४ रन बनाउँदा खेल रोकिन पुग्यो।

यस्तोमा नेपाली ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ६५ रन बनाए। ४० बल खेलेका उनले ८ चौका र ३ छक्का हाने। उता कप्तान रोहितकुमार पौडेल ३५ रन बनाए । दीपेन्द्रसिंह ऐरी ९ रन बनाउँदै नटआउट रहे।

हङकङका बलर आयुष शुक्ला र इशान खानले व्यक्तिगत १/१ विकेट झारे। त्यसअघि सिंगापुरको सिङ्गा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो।

हङकङका लागि अन्शुमान रथले ८० रनको उत्कृष्ट ब्याटिङ गरे । शाहिद वासिफले ५५ रन बनाए। यी दुवैले ८४ रनको साझेदारी गरे ।

नेपालका लागि शेर मल्लले ४ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। उता करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट झारे।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ५ : १० बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले