गर्मी बिदामा पनि सक्रिय पढाइ, विद्यार्थीको घर–घरमा पुग्दै शिक्षक « Khabarhub

गर्मी बिदामा पनि सक्रिय पढाइ, विद्यार्थीको घर–घरमा पुग्दै शिक्षक


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन- अत्यधिक गर्मीका कारण विद्यालय बन्द भए पनि नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन नयाँ अभ्यास थालेको छ।

गर्मी बिदाका क्रममा विद्यालयका शिक्षकहरू विद्यार्थीको घर–घरमा पुगेर अध्ययन, गृहकार्य तथा व्यवहारिक गतिविधिको अनुगमन गरिरहेका छन्।

विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई गर्मी बिदाका लागि विभिन्न गृहकार्य, कार्यपत्र तथा व्यवहारिक अभ्यासका काम दिएको छ। ती गतिविधिमा विद्यार्थी सक्रिय छन् वा छैनन् भन्ने सुनिश्चित गर्न शिक्षक तथा शिक्षिकालाई घरमै पुगेर सहजीकरण गर्ने जिम्मेवारी दिइएको हो।

विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाका अनुसार विद्यार्थीको अध्ययन अवस्था, अभिभावकको गुनासो, पढाइप्रतिको रुचि तथा आवश्यकताका आधारमा समूह विभाजन गरी शिक्षक कर्मचारीलाई ‘होम भिजिट’ मा परिचालन गरिएको छ।

घरमै पुगेर शिक्षकहरूले विद्यार्थीको अनुशासन, अध्ययन वातावरण, पठनपाठनको अवस्था तथा अभिभावकको भूमिकाबारे जानकारी लिने गरेका छन्। साथै विद्यालयले दिएको गृहकार्य पूरा गर्न आवश्यक परामर्श र सहजीकरण पनि गरिरहेका छन्।

थापाका अनुसार बिदाको समयमा विद्यार्थीहरू मोबाइल, ल्यापटप र सामाजिक सञ्जालमा बढी समय बिताउने भएकाले उनीहरूलाई अध्ययन गतिविधिमा संलग्न गराइराख्न यस्तो कार्यक्रम सञ्चालन गरिएको हो।

होम भिजिटका क्रममा शिक्षकहरूले अभिभावकसँग अन्तर्क्रिया गर्दै घरमा अध्ययनको वातावरण कसरी बनाउने, विद्यार्थीलाई गृहकार्यमा कसरी सहयोग गर्ने तथा अध्ययनको महत्वबारे जानकारी दिइरहेका छन्।

यसका साथै अभिभावक र विद्यार्थीलाई सुरक्षा सचेतना पनि प्रदान गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसाले शिक्षामा पार्ने प्रभाव, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा बालबालिकासामु अभिभावकले अपनाउनुपर्ने आचरणबारे समेत जानकारी गराइएको विद्यालयले जनाएको छ।

विद्यालयले सुरक्षा, शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई ज्ञान, सीप र व्यवहारिक प्रशिक्षण प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ५ : ३० बजे

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा