निश्चित समय आन्तरिक उत्पादनलाई संरक्षण गर्न केही क्षेत्रमा कर लगाएका हौँ : अर्थमन्त्री वाग्ले « Khabarhub

निश्चित समय आन्तरिक उत्पादनलाई संरक्षण गर्न केही क्षेत्रमा कर लगाएका हौँ : अर्थमन्त्री वाग्ले


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्रोत, समय र अपेक्षाको चापकाबीचमा आएको बजेटबाट अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा गरिएको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले दशकौंदेखि थाँती रहेका समस्याहरू एउटै बजेटले पूर्ण रुपमा समाधान गर्न नसके पनि अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा गरिएको बताए ।

उनले धेरै करको दायरा संरचनाहरू हेरफेर गरिएको भन्दै समग्र करहरूको बोझ घटाउने गरी आवश्यक कदम चालिएको धारणा राखे । 

मन्त्री वाग्लेले निश्चित समयलाई आन्तरिक उत्पादनलाई संरक्षण गर्नको लागि केही क्षेत्रमा कर लगाइएको बताए । आन्तरिक उत्पादनलाई संरक्षण गर्नु सरकारको दायित्व भएकाले केही सुधारात्मक नीतिगत व्यवस्था गरिएको समेत उनले बताए । 

मन्त्री वाग्लेले सुशासनको जगमा बनेको सरकारले इमानदारीपूर्वक काम गर्न जाखेको धारणा समेत राखे । यसपटक २६० अर्ब जतिको विदेशी ऋण र ४१० अर्बको स्वदेशी ऋण भने पनि त्यसको ठूलो अंश पुरानो ऋण तिर्नमा नै जाने उनको भनाइ छ ।

उनले समग्र आकारकै कुरामा असाध्यै संयमित र अनुशासित भएर ठूलो जिम्मेवारीबोधका साथ बजेट बनाइएको धारणा राखे । 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले दशकौंदेखि अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्रमा अल्झिएको अवस्थालाई बजेटले चिर्ने काम गरेको बताए । बजेटले परम्परागत खर्च बाँडफाँटभन्दा माथि उठेर संरचनागत र कानुनी सुधारको महत्वाकांक्षा देखाएको उनले बताए । 

त्यस्तै श्रेष्ठले पुराना, परस्पर बाझिने र व्यवसायलाई निरुत्साहित गर्ने कानुनको सुधारका लागि सरकारले गरेको प्रयास निकै सकारात्मक रहेको समेत उल्लेख गरे ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ६ : २६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग