इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा « Khabarhub

इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स – युरोपेली सङ्घ (इयू)ले सोमबार इरानको रिभोलुसनरी गाड्र्सको नौसैनिक शाखा र क्षेत्रीय कमान्डका प्रवक्तामाथि प्रतिबन्ध लगाएको छ । इरानसँगको अमेरिकी युद्धले प्रमुख जलमार्ग बन्द गरेको छ र विश्व बजारलाई अस्तव्यस्त बनाएको छ ।

सहकार्यका लागि २७ राष्ट्रहरूको समूह इयूले गार्डको नौसेना शाखा र सङ्गठनको हर्मोजगान प्रान्तीय कमान्डका प्रवक्ता मोहम्मद अकबरजादेहलाई कालोसूचीमा राखेको बताएको छ।

उसले इरानको तेल निर्यातकर्ता युनियनका प्रतिनिधि हमिद होसेनीलाई सम्पत्ति रोक्का र भिसा प्रतिबन्धमा राखेको पनि बताएको छ।

युरोपेली राष्ट्रहरूले मध्यपूर्वमा हाल जारी लडाइँ रोकिएपछि हर्मुजमा नौसैनिक मिसन पठाउने योजनाका लागि फ्रान्स र बेलायतको नेतृत्वमा काम गरिरहेका छन् ।

युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कलासले ‘रेड सी’ मा रहेको युरोपेली सङ्घको नौसैनिक मिसनले उक्त सैन्य मिसनमा भाग लिन सक्ने बताएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ८ : २८ बजे

खाना पकाउने ग्यास लिन सर्वसाधारणको लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै