रास्वपा सिरहा अधिवेशनमा कुटाकुट : र्‍यापिड एक्सन टिमका सदस्यको सर्टमा प्वाल पर्यो, औँला भाँचियो ! « Khabarhub

रास्वपा सिरहा अधिवेशनमा कुटाकुट : र्‍यापिड एक्सन टिमका सदस्यको सर्टमा प्वाल पर्यो, औँला भाँचियो !


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

सिराहा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको छ। झडपमा र्‍यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापासहित केही व्यक्ति घाइते भएका छन् ।

जिरोमाइलस्थित अधिवेशन स्थलमा सोमबार दिउँसो सभापति चयन प्रक्रियाबारे उत्पन्न विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणबाहिर पुगेको हो। घटनाका क्रममा र्‍यापिड एक्सन टिमका सदस्यको सर्ट च्यातिएको र औँला समेत भाँचिएको जनाइएको छ।

अधिवेशनमा सभापतिका लागि सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली आकांक्षी रहेका थिए। रामसोगारथ यादव सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने पक्षमा देखिएका थिए भने सुभाष यादव र हरि मैनालीले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने अडान लिएका थिए । यही मतभेदले दुई समूहबीच तनाव चुलिएको हो ।

घटनापछि स्थिति असहज बनेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार बिहान ९ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको छ।

आयोगका प्रमुख भुवन केसी ले जारी गरेको विज्ञप्तिमा सिराहा जिल्लाको अधिवेशनमा देखिएको तनाव र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि निर्वाचन प्रक्रिया रोकिएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार जिल्ला सभापति हरि मैनाली र अन्य नेताहरूसँग भिडियो संवादपछि परिस्थिति केही सहज भएको जनाइएको छ। सहमति र समझदारीपछि स्थगित गरिएको निर्वाचन प्रक्रिया भोलि बिहान ९ बजेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ।

निर्वाचन आयोगले सबै पक्षलाई शान्त, मर्यादित र सौहार्दपूर्ण वातावरणमा प्रक्रिया सम्पन्न गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ९ : २० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी