सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’ « Khabarhub

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न समय थप गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम म्याद जेठ २८ गते रातिसम्मका लागि विस्तार गरेको हो ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले चलिरहेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहज बनाउन समय थप गर्ने निर्णय गरेको हो। यसअघि तोकिएको समयसीमा नजिकिँदै गर्दा लाखौं सदस्यको विवरण अद्यावधिक प्रक्रियामा रहेकाले थप समय आवश्यक भएको बताइएको छ ।

समितिका अनुसार हाल लाखौं सदस्यले डिजिटल प्रणालीमार्फत क्रियाशील सदस्यता ( एनसिआईडी) प्राप्त गरिसकेका छन् भने हजारौं सदस्य अद्यावधिक प्रक्रियामा रहेका छन् । पार्टीले आगामी महाधिवेशनलाई पूर्ण रूपमा प्रविधिमा आधारित बनाउने तयारी गरेको छ, जसअनुसार क्रियाशील सदस्यता अद्यावधिकपछि प्राप्त हुने एनसिआईडी नै महाधिवेशन सहभागिताको मुख्य आधार हुनेछ ।

पार्टीका अनुसार ७ लाख ८२ हजारभन्दा बढी क्रियाशील सदस्यमध्ये ४ लाख १७ हजारभन्दा बढीले ल्ऋक्ष्म् प्राप्त गरिसकेका छन् भने करिब ९८ हजार सदस्य अद्यावधिक प्रक्रियामा रहेका छन्।

बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम म्याद जेठ २८ गतेसम्म कायम गरिएको स्पष्ट गरेको छ। सो म्यादपछि प्रक्रिया नबढाइने पनि बैठकले जनाएको छ।

बैठकले सदस्यता प्रक्रियामा कुनै पनि योग्य सदस्य वञ्चित नहुने सुनिश्चितता गर्ने निर्णय पनि गरेको छ। साथै, अनधिकृत रूपमा सदस्यता अद्यावधिक भएको पाइएमा छानबिन गरी खारेज गरिने चेतावनीसमेत दिइएको छ।

पार्टीले सबै तहका नेता तथा जनप्रतिनिधिहरूलाई तोकिएको समयभित्र आफ्नो क्रियाशील सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ।

यस्तै बैठकले पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका, बागी उम्मेदवारी दिएका वा अनुशासन समितिको कारबाहीमा परेकाहरूको सदस्यता प्रमाणका आधारमा केन्द्रीय अभिलेखबाट हटाइने निर्णय पनि गरेको छ । अनधिकृत रूपमा सदस्यता अद्यावधिक भएको पाइएमा छानबिन गरी खारेज गरिने चेतावनीसमेत दिइएको छ।

बैठकले पार्टी विधानअनुसार योग्य नेपाली नागरिकलाई नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया निरन्तर अघि बढाउने निर्णय गरेको छ। नयाँ सदस्यता अनलाइन प्रणालीमार्फत वडा तहदेखि प्रतिनिधिसभा क्षेत्रीय समितिसम्मको सिफारिस र स्वीकृत प्रक्रियाबाट हुने जनाइएको छ ।

पार्टीले यो निर्णयसँगै सदस्यता व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र डिजिटल बनाउन खोजिएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ९ : ३९ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न