१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित « Khabarhub

विश्वकप फुटबल

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

क्वार्टरफाइनलमा स्वीट्जरल्याण्डसँग खेल्ने


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको खेलमा इजिप्टविरुद्ध ३–२ गोलको पुनरागमन जित निकाल्दै क्वार्टरफाइलन (अन्तिम ८) मा प्रवेश गरेको हो ।

खेलको ७८औँ मिनेटसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछिका १३ मिनेटमा तीन गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो ।

इजिप्टका यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गर्दा अर्जेन्टिनाका क्रिस्टियन रोमेरो, लियोनल मेसी र एन्जो फर्नान्डेजले एक–एक गोल गरेका थिए ।

खेलको १५औँ मिनेटमा इजिप्टका यासेरले गोल गर्दै सुरुवाती अग्रता लिएका थिए । त्यसपछि ६७औँ मिनेटमा मोस्ताफाले गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाए थिए ।

त्यसपछि ७९औँ मिनेटमा अर्जेन्टिनाका रोमेरोले गोल गर्दै टोलीलाई २–१ गोलको स्थितिमा ल्याए । यस्तै, मेसीले ८३औँ मिनेट र इन्जुरी समयको तेस्रो मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ५ : १४ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता