पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक « Khabarhub

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ ।

शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएको सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईँलगायतले मंगलबार सार्वजनिक गरे ।

सो अवसरमा शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ उपन्यास आम पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएको जानकारी दिए । उनले भने, ‘बखान’ उपन्यासको माग उच्च रहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली भाषीको रोजाइमा कृति रहेको छ ।’

उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति र २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक तथा साहित्यिक शैलीमा सरल भाषामा सटिक मा प्रस्तुत गरिएको छ ।

नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसङ्घर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा जीवन्त रूपमा चित्रण गरेको छ । साथै, देशमा भएका विभिन्न क्रान्तिका पृष्ठभूमिसँगै चितवनको बस्ती विकास र जैविक विविधता संरक्षणका विषयलाई पनि उजागर गरिएको छ ।

श्रष्टा पराजुलीले ‘बखान’ पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएकाले कृतिको दोस्रो संस्करण प्रकाशन हुनु उपलब्धि र गौरव भएको बताए । उनले भने, ‘म बखानप्रति माया, विश्वास र निरन्तर साथ दिने सम्पूर्ण पाठकप्रति हार्दिक आभार तथा नमन गर्न चाहन्छु । अगामी दिनमा यस्तो माया पाइरहने अपेक्षा समेत गर्न चाहन्छु ।’

पत्रकारितासँगै साहित्यक सृजनामा सक्रिय श्रष्टा पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ प्रकाशित भइसकेका छन् । ‘बखान’ भने ऐतिहासिक विषयवस्तुमा आधारित उनको चर्चित उपन्यासका रूपमा स्थापित भएको छ । उनी नेपाल पत्रकार महासंघ चितवन जिल्ला शाखाको अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ८ : ५४ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ