दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध « Khabarhub

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको छ ।   

‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको ऐन, २०८१’ अनुसार कुनै व्यक्ति वा संस्थाले विषादीको खुद्रा बिक्री, भण्डारण वा व्यावसायिक कारोबार गर्न सम्बन्धित विषय हेर्ने निकायसँग अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था गरेको छ ।

इजाजतपत्रको अवधि तीन वर्ष र लिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ वा कृषि र पशुपालनमा टिएसएलसी वा जेटिए उत्तीर्ण गरेको हुनुपर्नेछ । 

विषादी बिक्रेताले खाद्यपदार्थ र भेटेरिनरी औषधि भण्डारण वा बिक्री गर्ने ठाउँमा विषादी राख्न नपाउने ऐनमा उल्लेख छ ।

त्यस्तै गर्भवती, बालबालिका, मादक पदार्थ सेवन गरेका व्यक्ति वा मानसिक स्वास्थ्य ठिक नभएका व्यक्तिलाई विषादी बिक्री वा प्रयोगमा संलग्न गराउन पूर्ण प्रतिबन्ध लगाइएको छ । 

जैविकबाहेक अन्य रासायनिक विषादीको विज्ञापन सार्वजनिक सञ्चारमाध्यमबाट गर्न नपाइने, व्यावसायिक रूपमा विषादी छर्किएपछि उक्त स्थानमा सर्वसाधारणको जानकारीका लागि चेतावनीमूलक सङ्केत टाँस्नुपर्ने ऐनमा उल्लेख छ ।

ऐनले प्रदेशमा विषादीको प्रयोगलाई व्यवस्थित बनाउने लुम्बिनी प्रदेशसभा सदस्य यमबहादुर नेपालीले बताए ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १२ : ४५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको